मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पुलिस क्लब च्याम्पियन

ekantipur.com · Wed Feb 21 17:10:23 GMT 2024

पूर्वी नवलपरासी — नेपाल पुलिस क्लबले कावासोतीमा जारी राष्ट्रिय जीएम कप भलिबलको उपाधि चुमेको छ । मंगलबार पुलिसले एपीएफ क्लबलाई ३–२ को सेटमा हराउँदै उपाधि जितेको हो ।

कावासोतीस्थित कुमारवर्ती क्याम्पसको कोर्टमा सुरुआती सेटमा २६–२४ ले अग्रता बनाएको पुलिसविरुद्ध दोस्रो सेट एपीएफले २५–२१ ले आफ्नो पक्षमा पार्दै खेल बराबरीमा ल्यायो । त्यसपछि पुलिसले खेलमा पुनरागमन गर्दै तेस्रो सेट २५–२१ ले जित्यो । पुनः चौथो सेट एपिएफले २५–२१ ले कब्जा गरेपछि खेल २–२ सेटको बराबरीमा पुर्‍यो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)