काठमाडौँ प्रशासनले थप्यो निषेधाज्ञा, तीन ठाउँ बाहेक चक्रपथ र भित्र विरोध गर्न रोक
hamrakura.com · Sun Jun 01 00:00:00 GMT 2025

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले निषेधाज्ञा थपेको छ । सोमबारदेखि लागू हुने गरी प्रशासनले आगामी दुई महिनासम्म चक्रपथ र चक्रपथभित्रका अधिकांश सार्वजनिक स्थानमा विरोध प्रदर्शन गर्न रोक लगाएको हो ।
प्रशासनले तीन स्थान बाहेक अन्यत्र अनसन, धर्ना, जुलुस र सभाजस्ता कार्यक्रम गर्न निषेध गरेको हो । काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जारी गरेको आदेशमा चक्रपथ र चक्रपथभित्रका क्षेत्रमा हुने विरोधका कार्यक्रमले अत्यावश्यक सेवा, सार्वजनिक सेवा प्रवाह र यातायात सञ्चालनमा कठिनाइ उत्पन्न गरेको, जनगुनासो बढेको तथा सार्वजनिक सम्पत्ति र शान्ति सुरक्षामा असर पार्ने अवस्था देखिएकाले यस्तो निर्णय लिइएको उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)