मोटरसाइकल चोरीको आरोपमा दुई पक्राउ
thahakhabar.com
काठमाडौँ : मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई आज प्रहरीले काठमाडौँ महानगरपालिका २२ स्थित गणबहालबाट पक्राउ गरेको छ।
चितवनको ईच्छाकामना गाउँपालिका ४ घर भई काठमाडौँको न्युरोड बस्दै आएका २३ वर्षीय टेकबहादुर मगर र सिन्धुलीको दुधौली नगरपालिका २ घर भई काठमाडौँ कै संकटा बस्ने २२ वर्षीय रोहित तामाङलाई चोरीका मोटरसाइकलसहित नियन्त्रणमा लिइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)