नारा लेकमा बेवारिसे शव भेटियो
ekantipur.com · Sat Jul 08 17:08:15 GMT 2023
हुम्ला — हुम्लाको नाम्खा गाउँपालिका-५ को नारा लेकमा एक बेवारिसे लास भेटिएको छ । शुक्रबार अन्दाजी ५६ वर्षीय एक जना पुरुषको बेवारिसे अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
बाटोमा लास देखेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए । त्यसपछि प्रहरी टोली घटनास्थलमा पुगी शवलाई पोस्टमार्टमका लागि सदरमुकाम सिमकोट ल्याउँदै गरेको हुम्ला प्रहरी प्रमुख डिएसपी भिमलाल भट्टराईले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)