सुदूरपश्चिममा चार जनामा मात्रै सङ्क्रमण, झापामा सबैभन्दा बढी संक्रमण
nepaltvonline.com · Mon Sep 20 00:22:51 GMT 2021
सुदूरपश्चिम प्रदेशमा हिजो चार जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर एन्टिजेन विधिबाट ८१६ जनाको नमूना परीक्षण गर्दा चार जनामा मात्रै सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
परीक्षणमा कञ्चनपुरमा दुई, कैलाली र दार्चुलामा एक-एक जनामा कोरोना सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा प्रदेशभर १२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन । यसअघि शनिबार सुदूरपश्चिमका ४६ जनामा सङ्क्रमण पुष्टि हुँदा १९ जना सङ्क्रमणमुक्त भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)