स्याउ टोक्दै स्वर्ण
ekantipur.com · Tue Oct 18 01:10:29 GMT 2022
पोखरा — जसका कारण निर्धारित समयमा खेल भएन उनैले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत कर्णाली प्रदेशका लागि सोमबार स्वर्ण पदक हात पारे । उनको सहभागितालाई लिएर खेल हुनुअघि नै तीन विभागीय टिम (एपीएफ, आर्मी र पुलिस) र गण्डकी प्रदेशले संयुक्त उजुरी दर्ता गराएका थिए । त्यही कारण पोखरा रंगशालामा निर्धारित समयभन्दा ढिलो उक्त विधाको खेल सुरु गरियो । अन्ततः ३ हजार मिटर स्टिपल चेज दौडमा कर्णालीका लागि उनले पहिलो स्वर्ण दिलाए ।
उनी हुन्, जुम्लाको पहिचान बनेका पूर्वधावक हरिबहादुर रोकायको छत्रछायामा हुर्किएका दुर्गाबहादुर बुढा । उनले ८ मिनेट ५५ दशमलब १९ सेकेन्डबाट स्वर्ण जित्दा राष्ट्रिय कीर्तिमान पनि बनेको छ । उनले राजेन्द्र भण्डारीको नाममा रहेको ८ मिनेट ५७ दशमलब ३० सेकेन्डको कीर्तिमान तोडेका हुन् । राजेन्द्रले सन् २००४ को इस्लामाबाद सागमा उक्त कीर्तिमान राखेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)