फुलहामसँग चेल्सी पराजित
ratopati.com · Wed Jan 07 21:38:25 GMT 2026
काठमाडौँ । इंग्लिस प्रिमियर लिगअन्तर्गत बिहीबार सम्पन्न खेलमा चेल्सी फुलहामसँग २–१ गोलले पराजित भएको छ । खेलभरि अपेक्षित प्रदर्शन गर्न नसक्दा चेल्सी स्तब्ध बनेको हो ।
खेलको ५५ औँ मिनेटमा फुलहामका स्ट्राइकर राउल जिमेनेजले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । त्यसपछि ७२औँ मिनेटमा चेल्सीका लियम डेलापले बराबरी गोल फर्काउँदै खेललाई रोचक बनाएका थिए । तर खेलको ८१औँ मिनेटमा ह्यारी विल्सनले निर्णायक गोल गरेपछि फुलहामले महत्त्वपूर्ण जित हात पार्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)