श्री भगवतीका प्रशिक्षक कर्मचार्यलाई तीन खेलको प्रतिबन्ध
ratopati.com
श्री भगवतीका मुख्य प्रशिक्षक शैलेश कर्मचार्यलाई तीन खेलको प्रतिबन्ध लागेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार बी डिभिजन लिग क्लबका मुख्य प्रशिक्षक कर्माचार्यलाई प्रतिबन्ध लागेको जनाएको छ ।
लिग अन्तर्गत बाँसबारीसँग पराजित भएपछि श्री भगवती क्लबका पदाधिकारीहरु मैदानमा प्रवेश गरेर रेफ्री सुमन श्रेष्ठमाथि हातपात गरेका थिए । त्यस्तै श्री भगवती क्लबलाई ५० हजार जरिवाना गरिएको एन्फाले जनाएको छ । श्री भगवती क्लब बाँसबारीसँग २–१ ले पराजित भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)