मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

तीन विकास बैंक र तीन वित्त कम्पनीलाई राष्ट्र बैंकको कारबाही

nayapatrikadaily.com · Thu Feb 15 00:34:00 GMT 2024

नेपाल राष्ट्र बैंकले तीन विकास बैंक र तीन वित्त कम्पनीलाई कारबाही गरेको छ । केन्द्रीय बैंकको वित्तीय संस्था सुपरीवेक्षण विभागले विकास बैंकअन्तर्गत मुक्तिनाथ विकास बैंक, सप्तकोसी डेभलपमेन्ट बैंक र नारायणी डेभलपमेन्ट बैंकलाई कारबाही गरेको हो । त्यस्तै, वित्त कम्पनीमा प्रोग्रेसिभ फाइनान्स, गुडविल फाइनान्स र गुह्येश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कारबाहीमा परेका हुन् ।

मुक्तिनाथ विकास बैंकबाट व्यक्तिगत तथा सामूहिक जमानीमा प्रवाह भएको विपन्न वर्ग कर्जाका ग्राहकबाट शुल्क लिई खडा गरेको ग्राहक संरक्षण कोषमा जम्मा भएको रकमको दुरुपयोग भएको भन्दै सञ्चालक समितिका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको विभागको प्रतिवेदनमा उल्लेख छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)