मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधेयकमाथि उठेका प्रश्नमा ११ मन्त्रीले जवाफ दिने

nepallive.com · Wed Jun 15 00:30:00 GMT 2022

काठमाडौं– प्रतिनिधि सभाको बैठक आज बुधबार पनि बस्दै छ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे सुरु हुने बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको ११ जना मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री, शहरी विकास मन्त्री, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्री, अर्थ मन्त्री, स्वास्थ्य तथा जनसंख्या मन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, ऊर्जामन्त्री, जलस्रोत तथा सिंचाई मन्त्री, सञ्चार तथा सूचना प्रविधि मन्त्री, गृह मन्त्रीले सांसदहरूले उठाएका प्रश्नमा जवाफ दिने संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)