पाँच वर्षमा आउने एक दिन
ekantipur.com · Fri May 13 00:15:14 GMT 2022
काठमाडौँ — पाँच वर्षमा एक दिन एकचोटि हुने स्थानीय निर्वाचन आज हुँदै छ । लोकतन्त्रको जरा तलैसम्म पुर्याउने आधारस्तम्भको रूपमा रहेको यो निर्वाचन देशभर एकै चरणमा हुँदै छ ।
१ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाताले यो निर्वाचनमा भाग लिँदै छन् । नेपालका सबै राजनीतिक दल चुनावी मैदानमा उत्रिएका छन् । कुनै पनि दलले सक्रिय बहिष्कारको नीति लिएका छैनन् । पूरै मुलुक निर्वाचनमा होमिएको छ । राजनीतिशास्त्रका प्राध्यापक मीना मल्ल वैद्यले लोकतन्त्रमा चुनावको महत्त्व बयान गरीसाध्य नभएको बताइन् । ‘जहाँ चुनाव हुँदैन, त्यहाँ प्रजातन्त्र हुँदैन,’ उनले भनिन्, ‘चुनाव प्रजातन्त्रको खम्बा हो । चुनाव प्रणाली जति राम्रो हुन्छ, त्यति प्रजातन्त्र बलियो हुन्छ । यसको महत्त्व बयान गरीसाध्य हुँदैन ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)