इंग्लिस प्रिमियर लिग : भिल्लाको घरमा युनाइटेडको जित
ekantipur.com · Mon Feb 12 01:00:11 GMT 2024
लन्डन — स्कट म्याक टोमनीले ८६ औं मिनेटमा गरेको गोल मद्दतले म्यानचेस्टर युनाइटेडले इंग्सिल प्रिमियर लिगमा आइतबार एस्टन भिल्लालाई उसकै घरमा २–१ ले हराएको छ । युनाइटेडले रासमन हाजलन्डको गोलले अग्रता लिएको थियो ।
तर डगलस लुइसको गोलले भिल्ला खेल बराबरीमा ल्याउन सफल रह्यो । तर खेल सकिन चार मिनेट बाँकी छँदा टोमनीले निर्णायक गोल गरे । यो जितपछि युनाइटेड ४१ अंक भयो र छैटौं स्थानमा रह्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)