मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

डा. सुनिल शर्माविरुद्ध चिकित्सकहरू आन्दोलित

rajdhanidaily.com · Tue Jan 02 23:11:45 GMT 2024

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्माको काठमाडौं मेडिकल कलेज (केएमसी)ले निलम्बन गरेका डा. विशद दाहालको निलम्बन फिर्ता गर्न काठमाडौं विश्वविद्यालय (केयू)ले कलेज प्रशासनलाई पत्र पठाएको छ । तर, कलेज प्रशासनले भने डा. विशद दाहाललाई कलेज प्रवेशमा लगाएको रोक जारी राखेको छ । यस विषयलाई लिएर केएमसीका आवासीय चिकित्सकलगायत अन्य कन्सल्टेन्टहरूसमेत आन्दोलित भएका छन् ।

सुनिल शर्माको स्वामित्वमा रहेको केएमसी र विराटनगरस्थित नोबेल कलेजमा समेत स्वास्थ्य क्याम्प भन्दै मुलुकका विभिन्न भागमा विशेषज्ञ सेवा दिने नाममा स्नातकोत्तर तहमा अध्ययनरत आवासीय चिकित्सकहरूलाई खटाउने प्रचलन रहेको छ । त्यस प्रकारको क्याम्पको उद्देश्य मूलतः सुनिल शर्माको राजनीतिक प्रभाव बढाउने रहनेगरेको छ । त्यसरी खटाइँदा ती आवासीय चिकित्सकलाई अत्यन्तै कम सुविधा दिएर शोषण गर्ने गरेको समेत बताइन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)