मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

बालबालिकामा कुपोषण बढ्यो

ratopati.com · Wed May 20 23:07:05 GMT 2026

काठमाडौँ ।सरकारले सञ्चालन गरेको ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ मा कुपोषण हुने बालबालिकाको सङ्ख्या बढेको पाइएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बालबालिकाको पोषणको अवस्था पत्ता सञ्चालन गरेको अभियानमा बालबालिकामा विगतको भन्दा बढी सङ्ख्यामा कुपोषण देखिएको हो ।

स्वास्थ्य सेवा विभाग, पोषण शाखा प्रमुख लिलाविक्रम थापाले अभियानको प्रारम्भिक प्रतिवेदनमा विगतभन्दा यस पटक कुपोषणको भएका बालबालिकाको सङ्ख्या बढेको बताए। उनका अनुसार कडा शीघ्र कुपोषण चार प्रतिशत बालबालिकालाई देखिएको छ । यसअघि उक्त सङ्ख्या एक प्रतिशतमा रहेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)