मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कोसी प्रदेश मुख्यमन्त्री थापाले पाउलान् विश्वासको मत ?

rajdhanidaily.com · Thu Jul 06 23:14:26 GMT 2023

इटहरी । कोसी प्रदेश सरकारको पाँचौं मुख्यमन्त्रीका रूपमा उद्धव थापा नियुक्त भएका छन् । बिहीबार थापालाई प्रदेश प्रमुख परशुराम खापुुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ (२) अनुसार बिहीबार साँझ नियुक्त गरेका हुन् ।

मुख्यमन्त्रीमा नियुक्त भएपछि नवनियुक्त मुख्यमन्त्री थापाले आफूले ३० दिनभित्र विश्वासको मत लिने बताएका छन् । ‘यो गलत छ या ठीक छ भन्ने कुरा संविधानले नै यस विषयमा प्रस्ट पार्छ,’ सभामुखले पनि सरकार बनाउन हस्ताक्षर गरेपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै थापाले भने, ‘तटस्थ सदस्यको नाताले उहाँले समर्थन गर्नुभएको हो । सभामुखलाई हामीले विवादमा पारेका छैनौं । उहाँ सभामुख मात्रै होइन । प्रदेशसभाको सदस्य पनि हो । ९३ जनामै पर्नुहुन्छ ।’

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)