आन्दोलनको तयारीमा मधेशका यातायात मजदुर
ratopati.com · Thu Jan 11 17:51:00 GMT 2024
जनकपुर । यातायात क्षेत्रका कानुन संशोधन र नयाँ कानुन निर्माणमा सरोकारवालहरूको सुझाव ग्रहण गर्न नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन मधेश प्रदेशले सरकारलाई सुझाएको छ । बिहीबार जनकपुरमा आयोजित प्रदेशस्तरिय कार्यशालाले यदि सरकार एकलौटी अघि बढे देशव्यापी आन्दोलन गर्ने निष्कर्ष निकालेको छ ।
सङ्गठनले देशव्यापी सञ्चालन गरिरहेको कार्य थलो अभियान अन्तर्गत योजना कार्यशालाका लागि जनकपुर आएका सङ्गठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ संशोधनको अन्तिम अवस्थामा रहेको भए पनि सरकारले सरोकारवालाहरूसँग छलफल नगरेको र यातायात मजदुरलाई असर गर्ने सहरी यातायात ऐन कार्यान्वयनको तयारी गरेकाले यसको खबरदारी देशभरिका यातायात मजदुरहरूले गर्नुपर्ने सङ्गठनका अध्यक्ष राईले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)