मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सेयर बजार १९ सय अंकमुनि ओर्लियो

merolifestyle.com · Thu Nov 10 09:56:53 GMT 2022

साताको अन्तिम कारोबार दिन सेयर बजार को परिसूचक नेप्से १९ सयभन्दा तल झरेको छ । २३.५२ अंक घटेर नेप्से १८९३ अंकमा कायम भएको छ । कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा खस्किएको छ । बुधबार १ अर्ब ४० करोडको कारोबार भएकोमा आज १ अर्ब ११ करोडमा सीमित रह्यो ।

कुल १३ कम्पनीको मूल्य बढ्दा १७१ को घट्यो भने एउटाको स्थिर रह्यो । सबै उपसमूह घटेका छन् । बैंकिङ ९, विकास बैंक ४८, फाइनान्स ३८, होटल तथा पर्यटन २८, जलविद्युत् ४१, जीवन बीमा ६९, उत्पादन ६३, माइक्रोफाइनान्स ५०, निर्जीवन बीमा ८८, अन्य ३३ र ब्यापार उपसमूह २१ अंक घटे ।

स्रोतमा पूरा पढ्नुहोस् (merolifestyle.com)