मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ऐन कानुनको निर्मम पालना होस्

rajdhanidaily.com · Thu Dec 28 23:06:55 GMT 2023

एक अत्यन्तै लोकप्रिय एवं आकर्षक राजनीतिज्ञ आर्थिक अनियमिततामा संलग्न भएको समाचारले बजार निकै तातेको छ । प्रसंग संसद्मा राष्ट्रिय राजनीतिक दलका रूपमा मान्यताप्राप्त राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको हो । सन्दर्भ उनीमाथि लागेको गैरकानुनी एवं अवैध आर्थिक कारोबारको आरोपको हो । अझ महत्वपूर्ण कुराचाहिँ यी तमाम प्रकरणमा उनले आफैंले दाबी गरेझैं ‘अबोध’ र निरपराध हुन् कि जानाजान नियतबस नै त्यस्तो क्रियाकलापमा संलग्न भएका हुन् भन्ने हो ।

स्वयं रवि लामिछानेका सार्वजनिक मन्तव्यहरूलाई हेर्ने हो भने उनका केही अभिव्यक्ति उल्लेखनीय छन् । उनले कुनै सहकारीबाट ऋण नलिएको बताएका छन् र यसक्रममा आफ्नो नागरिकताको दुरुपयोग भएको हुनसक्ने शंका व्यक्त गरेका छन् । अर्को कुरा, उनी आफूलाई ‘मिडियाले सहकारीबाट ऋण लिन नहुने’ भन्ने थाहा नभएको बताउँछन् । ५ वैशाख २०७८ मा सुप्रिम सहकारीको खाताबाट १ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कको खातामा रकमान्तर गरी जम्मा भएको बैंक भौचर सार्वजनिक भएको छ । सो भौचरमा रकम जम्मा गर्ने व्यक्तिको नाममा रवि लामिछाने भनेर स्पष्ट किटान गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)