राष्ट्रिय सफ्ट टेनिस : युकेश र जर्जियाले जिते उपाधि
ekantipur.com · Sun Jul 02 00:23:48 GMT 2023
विराटनगर — नवौं राष्ट्रिय खेलकुदकी स्वर्णधारी कोशीका युकेश योञ्जन प्रथम राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिताको पुरुष सिंगल च्याम्पियन भएका छन् । शनिबार फाइनलमा युकेशले वाग्मती प्रदेशका प्रदीप खत्रीलाई ४–० सोझो सेटले हराउँदै स्वर्ण जिते । खत्री नवौं राष्ट्रियका रजत विजेता हुन् ।
महिला सिंगलको उपाधि वाग्मतीकी जर्जिया चौधरीले जितेकी छन् । उनले लुम्बिनीकी ऋतिका चौधरीलाई ४–१ ले पन्छाउँदै स्वर्ण जितेकी हुन् । महिला डबल्समा कोशीका श्रेया योञ्जन र श्रेया राईको जोडीले वाग्मतीका जर्जिया चौधरी र चन्द्रमाया राईको जोडीविरुद्ध १०–८ को कठिन जित निकाल्दै स्वर्ण जितेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)