धनुषा र महोत्तरीबाट तीन दिनमा ३६६ जनाले पाए नागरिकता
farakdhar.com · Tue Jun 27 17:07:16 GMT 2023
धनुषा र महोत्तरीबाट तीन दिनमा ३६६ जना जन्मसिद्ध नागरिकका सन्तानले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् ।जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट शुक्रबार, आइतबार र सोमबार गरी २५३ र जिल्ला प्रशासन कार्यालय धनुषाबाट आइतबार र सोमबार गरी ११३ जनाले नागरिकता लिएका हुन् ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीले जारी गरेको नागरिकताको विवरण अनुसार जिल्ला प्रशासन महोत्तरीबाट शुक्रबार ८, इलाका प्रशासन कार्यालय बर्दिवासबाट ४ र इलाका प्रशासन कार्यालय गौशालाबाट ६ जनाले नागरिकताको प्रमाणपत्र लिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)