सत्तारुढ गठबन्धनभित्र राष्ट्रिय सभाका १९ सिटमा यसरी हुनेछ भागबण्डा
ratopati.com
आगामी राष्ट्रिय सभाको निर्वाचनका लागि सत्तारुढ नेपाली काँग्रेस आन्तरिक छलफलमा छ । काँग्रेसले माघ १२ गते राष्ट्रिय सभा निर्वाचनको आन्तरिक रूपमा गृहकार्य गरिरहेको छ ।
यही पुस २० गते उम्मेदवारी दर्ताको कार्यक्रम रहेकाले उम्मेदवार छान्न र सत्तारुढ गठबन्धनमा भागबण्डा मिलाउन काँग्रेस तयारीमा जुटेको हो । महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय सभाको उम्मेदवार विधिसम्मत रूपमा चयन गरिने बताए । रातोपाटीसँग शर्माले भने, ‘राष्ट्रिय सभाको उम्मेदवार छान्ने विषयलाई केन्द्रीय कार्यसमिति हुँदै संसदीय बोर्डबाट टुङ्ग्याउनु पर्ने हुन्छ । हामी चाडै केन्द्रीय कार्यसमितिको बैठक बसेर विधिवत प्रक्रियाबाटै जान्छौँ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)