माओवादी-नेकपा (एस) एकता चुनाव अघि कि पछि ?
ekantipur.com · Wed Aug 17 16:42:33 GMT 2022
काठमाडौँ — नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)बीच पार्टी एकता प्रक्रिया सुरु भएको छ । एकीकृत समाजवादीले सचिवालयको बुधबार सम्पन्न बैठकले एकता संयोजन समिति गठन गर्ने निर्णय गरेसँगै दुवै पार्टीबीच एकता प्रक्रिया सुरु भएको हो । एकीकृत समाजवादी महासचिव बेदुराम भुसालले मंसिरमा हुने आमनिर्वाचनपछि एकता गर्ने गरी प्रक्रिया सुरु गरेको बताए ।
'यस विषयमा माओवादीले पहिले नै निर्णय गरिसकेको थियो । हामी ढिलो भयौं । हामीले पार्टी एकता प्रक्रियालाई अघि बढाउने निर्णय गरेका छौं । मुख्य काम भने चुनाव हुने तर त्यसबीचमा पनि छलफलहरु हुने छन्,' भुसालले भने, 'तर चुनावअघि एकतामा पुग्ने संभावना त्यति देखिँदैन ।'
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)