मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य

ratopati.com · Sat Jun 13 18:59:01 GMT 2026

काठमाडौँ । चार वर्षअघि आयोजकका रूपमा विश्वकपमा डेब्यु गर्दाको तुलनामा यस पटक कतार आफ्नो प्रदर्शनमा सुधार गर्ने दाउमा छ । सन् २०२२ को विश्वकप कतारका लागि बिर्सनलायक बनेको थियो, जहाँ उसले समूह चरणका तीन वटै खेल हारेको थियो । ७ गोल खाँदा मात्र १ गोल गर्न सकेको कतार दुई खेलपछि नै प्रतियोगिताबाट बाहिरिएको थियो ।

यसपटकको विश्वकपमा स्थान बनाउन पनि कतारले निकै संघर्ष गर्नुपरेको थियो । एसियाली छनोटका क्रममा कतारले ५ खेलमा हार बेहोरेको थियो, जुन विश्वकपमा छनोट भएका अन्य एसियाली राष्ट्रको तुलनामा सबैभन्दा धेरै हो । सुरुमा सिधै छनोट हुन नसके पनि चौथो चरणको ‘मिनी समूह’ मा शीर्ष स्थानमा रहँदै कतारले विश्वकपको यात्रा पक्का गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)