आईपीएलमा पन्जाबको लगातार दोस्रो जित, चेन्नईको दोस्रो हार
onlinekhabar.com · Fri Apr 03 17:59:53 GMT 2026
२० चैत, काठमाडौं । पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा लगातार दोस्रो जित हासिल गरेको छ । शुक्रबार राति सम्पन्न खेलमा पन्जाबले चेन्नई सुपर किङ्सलाई ५ विकेटले पराजित गरेको हो ।
चेन्नईले दिएको २१० रनको लक्ष्य पन्जाबले १८.४ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । कप्तान श्रेयस अय्यरले २९ बलमा ५० रन बनाए । उनले ४ चौका र ३ छक्का प्रहार गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)