नेसपा (नयाँ शक्ति)ले चार स्थानमा दियो उम्मेदवारी
baahrakhari.com · Sun Nov 17 17:30:01 GMT 2024

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले स्थानीय तह उपनिर्वाचनमा चार स्थानमा उमेदवारी दर्ता गराएको छ । नेसपाले कीर्तिपुर नगरपालिका प्रमुखमा दिलकुमार महर्जनलाई उमेदवार बनाएको छ ।
यसैगरी, नेसपाले जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख पदमा पवित्रा जैसी, मोरङको ग्रामथान गाउँपालिका प्रमुखमा रामकुमार चौधरी थारू र गोरखा नगरपालिका–५ को अध्यक्षमा रूपेश मग्रातीलाई उमेदवार बनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)