अध्यादेशविरुद्ध अनेरास्ववियुको प्रदर्शन
ekagaj.com · Tue Aug 17 16:32:41 GMT 2021
काठमाडौँ - सरकारले ल्याउन लागेको दल विभाजनसम्बन्धि अध्यादेशविरुद्ध नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौँमा प्रदर्शन गरेको छ । प्रदर्शनीमार्गमा जम्मा भएर अनेरास्ववियुले विरोध प्रदर्शन गरेको हो ।
प्रदर्शनका क्रममा प्रहरी र विद्यार्थीबीच सामान्य झडप समेत भएको थियो । विद्यार्थीले प्रहरीको सुरक्षा घेरा तोडेर पद्मोदय क्याम्पस, पुतलीसडक, बागबजार हुँदै फेरि प्रदर्शनीमार्गमा जम्मा भएर प्रदर्शन गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)