एयरलाइन्समा नेपालमै उत्पादित दुग्धजन्य पदार्थ प्रयोग गर्ने व्यवस्था मिलाउन मन्त्री अर्यालको निर्देशन
news24nepal.tv · Sat May 22 17:20:12 GMT 2021
काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले एअरलाइन्सहरुमा नेपालममै उत्पादिक बटर, चिज लगायतका दुग्धजन्य पदार्थ प्रयोग गर्ने व्यवस्था मालउन निर्देशन दिनुभएको छ ।
राष्ट्रिय दुग्ध संस्थानको बैठकलाई सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो । संस्थानका अध्यक्ष बाबुराम पाण्डेको अध्यक्षतामा भएको बैठकमा बोल्दै मन्त्री अर्यालले नेपाल वायुसेवा निगमसँग छलफल गर्दा बटर, दही लगायतका दुग्धजन्य पदार्थ बाह्य मुलुकबाट आयात गर्दा ठूलो रकम बाहिर गएको भन्ने जानकारी आएको भन्दै नेपालमै उत्पादित दुग्धजन्य पदार्थको प्रयोगको व्यवस्था मिलाउन निर्देशन दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)