उम्मेदवार सिफारिस भएकाहरुको नाम समानुपातिकको बन्दसूचीबाट हटाइने
ratopati.com
नेकपा एमालेले स्थानीय निर्वाचनका लागि उम्मेदवार सिफारिस भएकाहरुको नाम निर्वाचन आयोगमा यसअघिको निर्वाचनको क्रममा समानुपातिकको बन्द सूचीमा रहेको भए हटाउन निर्वाचन अयोगलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
यसअघि प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा समानुपातिक सूचीमा रहेका कतिपय व्यक्तिहरु स्थानीय तह निर्वाचनका लागि उम्मेदवार बन्न पालिका वा जिल्ला कमिटीबाट सिफारिस भइ आएकाले निर्वाचन आयोगलाई विवरणबाट हटाइदिन आग्रह गर्ने निर्णय आजको सचिवालय बैठकले गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)