‘रेल सेवा सम्झौता संशोधनले व्यापार तथा पारवहन उचाइमा’
ekantipur.com · Sun Jul 11 01:10:49 GMT 2021
काठमाडौँ — नेपाल–भारत रेल सेवा सम्झौता संशोधनले व्यापार तथा पारवहन उचाइमा पुग्ने निजी क्षेत्रले बताएको छ । नेपाल उद्योग वाणिज्य महासंघलगायत निजी क्षेत्रका विभिन्न छाता संगठनले शनिबार विज्ञप्ति जारी गर्दै सरकारी निर्णयको स्वागत गरेका छन् ।
संशोधनले तेस्रो मुलुकसँगको व्यापारमा समेत सहजता ल्याउने उनीहरूको भनाइ छ । ‘बहुप्रतीक्षित नेपाल र भारतबीचको रेल सेवा सम्झौतामा संशोधन भई दुवै देशका सरकारतर्फबाट हस्ताक्षरसमेत भएको छ । संशोधनसँगै अब सबै रेल सेवा प्रदायकले नेपालबाट भारतको समुद्री बन्दरगाहसम्म दुईतर्फी ढुवानी गर्न पाउनेछन्,’ महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसबाट दुवै देशबीचको व्यापार तथा पारवहन सम्बन्ध थप नयाँ उचाइमा पुग्ने विश्वास लिएका छौं ।’ यो मुद्दालाई हरेक औपचारिक–अनौपचारिक भेटवार्तामा लामो समयदेखि निरन्तर उठाइरहेको महासंघको दाबी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)