मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

पूर्वी पहाडमा ‘धेरै भारी वर्षा’

ekantipur.com · Mon Jun 19 00:53:31 GMT 2023

काठमाडौँ — कोशी र मधेश प्रदेशको मौसम हेर्दै आएको धरानस्थित जल तथा मौसम विज्ञान कार्यालयका अनुसार शनिबार राति पूर्वीपहाडका अधिकांश क्षेत्रमा ‘धेरै भारी वर्षा’ भएको थियो । ताप्लेजुङको दोभानमा १० वर्षयताकै बढी वर्षा भयो । दोभानमा शनिबार १०५ दशमलव ५ मिलिमिटर पानी परेको थियो । कार्यालयका प्रमुख रुद्रबहादुर परियारका अनुसार सन् २०१३ जुन ६ मा त्यहाँ १११ दशमलव १ मिलिमिटर पानी परेको थियो ।

संखुवासभाको नुममा शनिबार राति १११ दशमलव ४ मिलिलिटर पानी परेको कार्यालयले जनाएको छ । शनिबार बिहान ९ मिलिलिटर पानी परेको नुममा शुक्रबार १२३ र बिहीबार यो वर्षकै उच्च १४२ मिलिमिटर पानी परेको थियो । कोशी प्रदेशका अन्य पहाडी जिल्लामा समेत पाँच दिनयता वर्षा भइरहेकाले नदी–खोलामा पानीको बहाव बढेको र यो क्रम अझ केही दिन रहने कार्यालयले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)