हुम्लामा मनाइयो भुओ पर्व
deshsanchar.com · Sun Jan 02 16:56:21 GMT 2022
सिमकोट – प्रत्येक वर्ष पौष कृष्ण औंसीका दिन मनाइने भुओ पर्व हुम्ला जिल्लाका ६ वटा गाउँपालिकामा धुमधामसाथ मनाइएको छ। औंसीको अघिल्लो रात रातभरि आगो बालेर जाग्रम बसी स्थानीय बासिन्दा मिलेर उक्त पर्व मनाइएको हो।
सिमकोट गाउँपालिका–२ ठेहे गाउँका जय भण्डारीले हुम्लाको ठूलो पर्वमा पर्ने भुओ धुमधामसाथ मनाउन सुरु भएको बताए। घरघरबाट सल्लाको दियालो बालेर निस्कने स्थानीयले गाउँको सार्वजनिक स्थलमा गीत गाउँदै गाउँलेले जम्मा गरेको दाउरा बालेर जाग्राम बसेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)