मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कूटनीतिमा कैंची, ओली सरकारले पठाएका १२ राजदूत फिर्ता बोलाइए

annapurnapost.com · Wed Sep 22 06:09:00 GMT 2021

काठमाडौं : यसअघि राजनीतिक नियुक्ति पाएका १२ राजदूतलाई सरकारले फिर्ता बोलाएको छ। तिनमा अमेरिका, भारत, बेलायत, चीनलगायत शक्तिशाली मुलुकका राजदूत पनि परेका छन्।

मन्त्रिपरिषद्को मंगलबारको बैठकले अघिल्लो केपी ओली नेतृत्वको सरकारले राजनीतिक नियुक्त दिएका सबै मुलुकका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए। तर, सरकारले परराष्ट्र सेवाबाट राजदूत नियुक्त भएकाहरूलाई भने जिम्मेवारीमा यथावत् राख्ने निर्णय गरेको छ। ‘राजनीतिक तवरबाट नियुक्ति भएका सबै राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय भएको छ,’ मन्त्री कार्कीले भने। ओली नेतृत्वको सरकारले नियुक्त गरेका अमेरिका, बेलायत, चीन, भारत जस्ता शक्तिशाली मुलुकमा नियुक्त राजदूत पनि फिर्ता हुनुपर्ने भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)