मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बेलायती नागरिकको आर्थिक सहयोगमा विद्यालयको भौतिक संरचना निर्माण

nepalipatra.com · Thu Nov 03 06:32:57 GMT 2022

खोटाङ । केपिलासगढी गाउँपालिका–४ बाक्सिलास्थित पृथ्वी माविका लागि बेलायती नागरिकको आर्थिक सहयोगमा निर्माण गरिएका दुईवटा विद्यालय भवन तथा अन्य भौतिक संरचना विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

बेलायती नगारिक इड फ्लानागण र रोबर्टसन अलास्डायरले संयुक्तरुपमा उपलब्ध गराएको रु साढे तीन करोड बजेटमा निर्माण गरिएका १२ कोठे र छकोठे दुईवटा विद्यालय भवन तथा एउटा सामुदायिक हल, अपाङ्गमैत्री शौचालय र १४ वटा खानेपानीको धारा विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)