२४ घण्टामा एक हजार ८१३ सवारीचालक ट्राफिक कारबाहीमा, पाँच लाख २८ हजार राजस्व संकलन
ajakoartha.com · Sun Jul 05 05:00:00 GMT 2026

काठमाडौं– बितेका २४ घण्टामा एक हजार ८१३ सवारीचालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु पाँच लाख २८ हजार ५०१ राजस्व दाखिला भएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको नौ, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १०५, संकेत बत्ती उल्लंघनकर्ता ११९ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका ११५ जनालाई कारबाही गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)