तेक्वान्दोमा तीन विभागीय टिमले थपे दुई/दुई वटा स्वर्ण पदक
pahilopost.com · Tue Oct 18 01:09:26 GMT 2022
म्याग्दी : विभागीय टिम नेपाल पुलिस क्लव, शसस्त्र प्रहरी बल (एपीएफ) र नेपाल आर्मीले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत तेक्वान्दामा सोमवार भएको खेलबाट दुई/दुई स्वर्ण पदक थपेका छन्।
राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा बेनीको कालीपुल कवर्डहलमा सञ्चालित प्रतियोगिताको चौथो दिन सोमवारसम्म १६ इभेन्ट्स सकिँदा नेपाल पुलिसले आठ स्वर्ण पदक जितेको छ। हालसम्म आर्मीले पाँच, एपिएफले दुई र मधेश प्रदेशले एक स्वर्ण पदक जितेका राष्ट्रिय खेलकुद परिषद्का तेक्वान्दो प्रशिक्षक हीरा थापाले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)