कार्चेन लामा मन्त्री बन्न लागेको भन्दै हुम्लाका मुक्तिकामी जनता खुशी, दिन थाले बधाई
reportersnepal.com · Sat Feb 05 17:09:30 GMT 2022
काठमाडौं, २२ माघ । हुम्लाका छिरिङ दमदोल लामा (कार्चेन) मन्त्री बन्न लागेको भन्दै हुम्लावासी खुशी भएका छन् । उनलाई नेकपा (माओवादी केन्द्र) ले आफ्नो पार्टीको कोटाबाट मन्त्री बनाउन लागेको छ। कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले भोलि (आईतबार) मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। लामा गैरसांसद हुन् । उनलाई मन्त्री बनाउन लागिएको थाहा पाएपछि उनको विरुद्धमा विभिन्न टिकाटिप्पणी पनि भएका थिए । तर, उनले भने यस्तो आरोप लगाईनुमा कुनै तुक नभएको र आफूलाई पार्टी अध्यक्ष प्रचण्डले मन्त्री बनाउन लोगको खुलासासमेत गरेका थिए ।
लामा हुम्लामा पूराना कम्युनिष्ट नेताको रुपमा परिचित छन् । उनी २०४६ सालदेखि नै राजनीतिमा सक्रिय छन् । उनी २०४६ मा नेकपा मसालका सदस्य र २०४७ मा संयुक्त जनमोर्चा नेपालका जिल्ला सदस्य भए । त्यस्तै, उनले २०४८ सालमा रक्तिम सांस्कृतिक परिवारको जिल्ला अध्यक्षको रुपमा काम गरेका थिए । लामा २०५४ मा गाविस उपाध्यक्षमा निर्वाचित भएका थिए । उनी २०५२ सालदेखि २०५६ सालसम्म अर्ध भुमिगत रूपमा नेकपा माओवादी पार्टीमा सक्रिय थिए । २०५६ मा हुम्लाको प्रथम पूर्णकालिन सदस्यको जिम्मेवारीमा थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)