तत्काल नयाँ अर्थमन्त्री नियुक्ति नहुने
ekantipur.com · Thu Jul 07 00:35:21 GMT 2022
काठमाडौँ — अर्थमन्त्रीबाट जनार्दन शर्माले राजीनामा दिएपछि उनको ठाउँमा कसलाई ल्याइन्छ भन्ने चासो र चर्चा सत्ता गठबन्धनमा सुरु भएको छ । तत्काललाई भने अर्थ मन्त्रालय प्रधानमन्त्री शेरबहादुर देउवा आफैंले राखेका छन् ।
गठबन्धनलाई धक्का पुग्ने कुनै काम नगर्ने बताउँदै आएका प्रधानमन्त्री देउवा भागबन्डाका क्रममा माओवादीको भागमा परेको अर्थ मन्त्रालय चलाउने पक्षमा नरहेको कांग्रेस नेताहरू बताउँछन् । माओवादीको सहमतिबगेर अर्थ मन्त्रालयमा प्रधानमन्त्रीले दायाँबायाँ नगर्ने उनीनिकट एक नेताले बताए । सत्तारूढ दलका सांसद र अर्थ मन्त्रालयका अधिकारीहरू भने आर्थिक वर्षको आखिरी समय र निर्वाचनको संघारमा देशकै ढुकुटीको नेतृत्व गर्ने अर्थ मन्त्रालय लामो समय नेतृत्वविहीन राख्न नहुने बताउँछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)