रामप्रसाद पन्तका पाँच नवीनतम कृतिमाथि विश्लेषणात्मक अन्तरक्रिया
kalakarmi.com · Fri Jan 07 16:35:29 GMT 2022
काठमाडौं– दायित्व वाङ्मय प्रतिष्ठानले शुक्रबार स्रष्टा राम प्रसाद पन्तका पाँच नवीनतम कृतिमाथि विश्लेषणात्मक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।
दायित्व भवन, जगन्नाथ मन्दिर परिसर गोल्फूटार, बुढानिलकण्ठमा आयोजित कार्यक्रममा पहिलो कृति- पुर्खाको बाटो नियात्रोपन्यासमाथि प्रा.डा.कृष्ण प्रसाद दाहाल, दोस्रो कृति-जयपुरदेखि पुरीसम्म माथि प्रा. डा.भागवत ढकाल, तेस्रो कृति-उत्कृष्ट सत्ताइस नक्षत्र संस्मरणमाथि प्रा.डा. सावित्री मल्ल कक्षपति, चौथो कृति-आयामिक अनुभूति संस्मरणमाथि डा. शैलेन्द्रु प्रकाश नेपाल र पाँचौ कृति देशाटनमाथि प्रा.डा.राम प्रसाद ज्ञवालीले समिक्षात्मक विश्लेषण गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)