कसले सुनिदिने सहकारीका बचतकर्ताको पीडा
ekagaj.com · Fri Jan 05 16:14:54 GMT 2024
जलेश्वर- जलेश्वर नगरपालिका-१ बस्ने उषा देवीले अहिले सञ्चित गरेको रकम पछि काम लाग्ने आशा बोकेर खाइ नखाइ सहकारीमा बचत गरिन् । पछि घरखर्चका लागि आवश्यक पर्दा लिन खोज्दा नपाएपछि दोहोरो पीडामा छिन् । एकातिर आफैँले छ वर्षदेखि जम्मा गरेको रकम डुब्ने हो कि भन्ने चिन्ता छ भने अर्कोतिर अरूसँग ऋण गरेर घरखर्च चलाउनुपर्ने बाध्यताले आफू अहिले दोहोरो मारमा परेको बताउँछिन् ।
उनले लाखौँ रकम जम्मा गरेकी महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका-२ स्थित पिपुल्स सहयोगी बचत तथा ऋण सहकारी संस्थाको कार्यालय पाँच वर्षदेखि बन्द रहेको छ । सहकारीका एजेन्ट तथा सञ्चालक एकाएक सम्पर्कविहीन भएपछि उषादेवीजस्ता दर्जनौँ बचतकर्ता अहिले घरका न घाटका भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)