इन्द्रजात्राको अन्तिम दिन : राष्ट्रपतिपछि पूर्व राजा ज्ञानेन्द्र पुगे कुमारी घर
pahilopost.com · Fri Sep 24 17:50:56 GMT 2021
काठमाडौं : यँया: (इन्द्रजात्रा) को अन्तिम दिन पूर्व राजा ज्ञानेन्द्र शाह वसन्तपुरस्थित कुमारी घर पुगेका छन्। जिवित देवी कुमारीको दर्शन गर्न उनी कुमारी घर पुगेका हुन्।
पूर्व राजा शाह कुमारी घर पुगेको बेला राजतन्त्र समर्थकहरुको वसन्तपुरमा भिड लागेको थियो। राजतन्त्र भएको बेला राजा इन्द्रजात्रा (चतुर्दशी) का दिन गद्दी बैठकमा रथयात्रा हेर्न पुग्थे भने अन्तिम दिन कुमारीको दर्शन गर्न कुमारी घर पुग्थे। गणतन्त्र स्थापनापछि राष्ट्रपति इन्द्रजात्राको दिन गद्दी बैठकमा र जात्राको अन्तिम दिन कुमारी घर पुग्ने गर्छन्।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)