झिनियाँको माग थेग्नै गाह्रो
ekantipur.com · Fri Nov 05 00:55:37 GMT 2021
पाल्पा — तिहारमा दिदीबहिनीले दाजुभाइलाई चामलबाट बनाइने झिनियाँ रोटीको परिकार दिने परम्परा छ । तर, दसैंपछि तिहारसम्म माग थेग्नै मुस्किल पर्ने उत्पादक तथा बिक्रेता बताउँछन् । चाडका बेलामा पाल्पामा मात्रै झन्डै ३ करोड रुपैयाभन्दा बढीको झिनियाँको व्यापार हुन्छ । रोटीका लागि बजारको पनि समस्या छैन ।
‘यस वर्ष धेरै समय पानी पर्दा बनाउन सकिएन,’ रामपुर नगरपालिकाका उत्पादक तथा बिक्रेता रुद्रप्रसाद श्रेष्ठले भने, ‘झिनियाँ रोटीको माग थेग्नै मुस्किल परेको छ ।’ उनको परिवारलाई यतिबेला झिनियाँ रोटी बनाउन भ्याइनभ्याई छ । परिवारै यही रोटी बनाउने, सुकाउने, बजार व्यवस्थापन गर्नमा खटिएका छन् । दसैंदेखि तिहारसम्म सबै खर्च कटाएर झिनियाँ रोटी बिक्रीबाट ५ लाख रुपैयाँभन्दा बढी आम्दानी हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)