इन्दु बर्मा काठमाडौं गुर्खाजको क्रिकेट एम्बेसडर नियुक्त
barnanmedia.com · Sun Nov 17 22:56:51 GMT 2024
राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान इन्दु बर्मा नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमाडौं गुर्खाजको क्रिकेट एम्बेसडरमा नियुक्त भएकी छन् ।
उनी आइतबार एक कार्यक्रमका बीच काठमाडौं टिममा एम्बेसडरमा नियुक्त भएकी हुन् । इन्दुले एनपिएल टोली काठमाडौंको अंग हुन पाएकोमा खुसी व्यक्त गरिन् । ‘एनपिएल फेस्टिभल अफ क्रिकेटको रूपमा रहने छ । एनपिएलले गरेर समग्र नेपाली क्रिकेट नै उत्साहित छौँ,’ इन्दुले भनिन्, ‘अहिलेको स्थितिमा नेपाली महिला–पुरुष क्रिकेटको क्रेज बढेको छ । हामीलाई भविष्यमा महिलाको पनि फ्रेन्चाइज लिग हुने पनि आशा छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)