कर्णालीमा सुविधासम्पन्न क्रिकेट रंगशाला बनाउने मुख्यमन्त्री कँडेलको प्रतिबद्धता
himalpress.com · Fri Jun 05 05:02:53 GMT 2026
सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सुविधासम्पन्न क्रिकेट रंगशाला बनाउने प्रतिबद्धता जनाएका छन्। क्रिकेट खेलप्रति आकर्षण बढिरहेको बताउँदै क्रिकेटको संरचना निर्माणमा आफूहरू केन्द्रित हुने बताएका हुन्।
‘अहिले खेल भइरहेका मैदान अस्थायी हुन्। क्यान र प्रदेश सरकारको सहकार्यमा सुविधाजनक क्रिकेट मैदान बनाउने छौं,’ अन्डर-१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगीताको शुक्रबार वीरेन्द्रनगरमा उद्घाटन गर्दै मुख्यमन्त्री कँडेलले भने,‘कर्णालीलाई खेल क्षेत्रको हव बनाउनका लागि सीमित स्रोत र साधनबीच पनि प्रदेश सरकारले खेल पूर्वाधारहरू निर्माण गरिरहेको छ।’
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)