पालिका उपचुनाव - यी हुन् उम्मेदवार
Ujyaaloonline.com · Sun Nov 17 23:03:19 GMT 2024

काठमाण्डाै – यही १६ गते हुने पालिका उपचुनावका लागि आज उम्मेदवारी दर्ता भएको छ । विभिन्न कारणले रिक्त जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख एक/एक र वडाध्यक्ष ३४ गरी ४४ रिक्त पदमा चुनाव हुँदैछ ।
धेरैको चासो रहेको काठमाण्डौको कीर्तिपुर नगरपालिकामा पनि उम्मेदवारी दर्ता भएको छ । कीर्तिपुरमा मेयर पदका लागि नेकपा एमालेका डा. सुरेन्द्र मानन्धर, नेपाली कांग्रेसका कृष्णमान डंगोल, नेकपा माओवादी केन्द्रबाट प्रा. डा. शिवशरण महर्जन, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ध्रुव महर्जनले उम्मेदवारी दिनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)