मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

साइबरमार्फत वित्तीय ठगी - १९ देखि २४ वर्ष उमेर समूहका युवा विद्यार्थी धेरै संलग्न

Ujyaaloonline.com · Sun Nov 17 23:03:40 GMT 2024

काठमाण्डाै – नेपाल राष्ट्र बैंकले साइबर प्रविधिमा आधारित वित्तीय ठगी डरलाग्दो गरेर बढिरहेको जनाएको छ । साइबर प्रविधिमा आधारित ठगीबारेको अध्ययन प्रतिवेदन सरकारलाई बुझाउँदै राष्ट्र बैंकले यस्ता ठगी बढिरहेको जनाएको हो ।

प्रतिवेदनमा ठगीमा सामाजिक सञ्जाल र भुक्तानी प्रणालीमा रहेका विशेषताको दुरुपयोगको विषयमा समेत विश्लेषण गरिएको राष्ट्र बैंकले जनाएको छ । प्रतिवेदनमा सन् २०२४ को पहिलो पाँच महिनामा प्राप्त भएका साइबर अपराधसम्बन्धी शङ्कास्पद कारोबार विवरणको विस्तृत विश्लेषण समावेश छ । विश्लेषणबाट शङ्कास्पद कारोबारमा १९/२४ वर्ष उमेर समूहका र पेशामा विद्यार्थी उल्लेख गरेका व्यक्तिहरू सबैभन्दा धेरै संलग्न रहेको देखिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)