निषेधाज्ञाका बेला पनि उद्योग र ठूला परियोजना सञ्चालन गर्न दिन व्यवसायीको माग
himalkhabar.com · Wed Apr 28 00:35:00 GMT 2021
निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघले निषेधाज्ञाको बेला पनि उद्योग र ठूला परियोजनालाई निर्बाध सञ्चालन र निर्माण गर्न दिन माग गरेको छ।
मंगलबार विज्ञप्ति जारी गर्दै महासंघले निषेधाज्ञाका बीच पनि आर्थिक महत्त्व बोकेका ठूला परियोजना र उद्योग कलकारखानाहरूको निरन्तर संचालनको सुनिश्चितता आवश्यक परेको बताएको हो। काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा निषेधाज्ञा लागू गर्ने तयारी गरिएपछि महासंघले निषेधाज्ञामा पनि उद्योग सञ्चालन गर्न दिन माग गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)