चुरे विनाशले सिंगो दक्षिण एशियाकै जल सुरक्षा संकटमा: डा. किरण पौडेल
hamrakura.com · Fri Jun 05 00:00:00 GMT 2026
काठमाडौँ । नेपालको भूभागको अत्यन्तै संवेदनशील क्षेत्र मानिने चुरे पर्यावरण केवल आन्तरिक सीमाभित्र सीमित भूगोल मात्र नभई सिंगो दक्षिण एशियाकै जलशास्त्रीय र भू–पारिस्थितिकीय सन्तुलनको मुख्य मेरुदण्ड हो । नेपालको दक्षिणी समथर तराई क्षेत्र तथा छिमेकी मुलुक भारतको विशाल गङ्गा मैदानका लागि जमिनमुनिको पानीको प्राकृतिक पुनर्भरण क्षेत्रका रूपमा रहेको चुरे शृङ्खलाले यस क्षेत्रका करोडौँ मानिसको खानेपानी, सिँचाइ र जल सुरक्षा सुनिश्चित गर्दै जैविक विविधताको रक्षा गरिरहेको छ ।
यद्यपि, हरेक वर्ष विश्व वातावरण दिवसका अवसरमा तय गरिने ‘जलवायु मैत्री एवं प्रकृति मैत्री विकास’ का आकर्षक नीतिगत नाराहरू केवल कागज र बौद्धिक विमर्शमा मात्र खुम्चिएका छन् । वास्तविक धरातलमा भने स्थानीय निकायहरूको आन्तरिक स्रोत व्यवस्थापनको दबाब र संरक्षणमुखी दूरदृष्टिको अभावका कारण नदीजन्य ढुङ्गा, गिट्टी र बालुवाको दोहन बिना कुनै मापदण्ड निरन्तर चलिरहेको छ । यो वातावरणीय संकट त छँदैछ, यसभन्दा पनि गम्भीर विषय चुरे संरक्षणको नेतृत्वदायी निकाय ‘राष्ट्रपति चुरे संरक्षण विकास समिति’ विगत केही वर्षयता चरम राजनीतिक हस्तक्षेप, दलीय भागबन्डा र कार्यकर्ता भर्ती केन्द्रको रूपमा परिणत हुनु हो । प्राविधिक र वैज्ञानिक संवेदनशीलता आवश्यक पर्ने यस समितिमा राजनीतिक स्वार्थ हाबी हुँदा यसको कार्यसम्पादन नराम्ररी खस्किएको छ भने दातृ निकायको विश्वसनीयता समेत संकटमा परेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)