मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जिसस ओखलढुङ्गा प्रमुखमा एमालेले कांग्रेसलाई सहयोग गर्ने

nagariknews.nagariknetwork.com · Sun Nov 17 08:34:20 GMT 2024

जिल्ला समन्वय समिति ओखलढुङ्गाको प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आफ्नो उम्मेदवार नउठाउने भएको छ। तत्कालीन जिल्ला समन्वय प्रमुख डिल्लीराम खनालको डेढ वर्षअघि निधन भएसँगै रिक्त रहेको पदमा हुन लागेको उपनिर्वाचनमा नेपाली कांग्रेसलाई सहयोग गर्दै एमालेले उम्मेद्वार नउठाउने भएको हो।

कांग्रेसले जिल्ला समन्वय समिति प्रमुखमा टेकराज भट्टराईलाई उम्मेदवार बनाउने भएको छ। केहीबेरमा उम्मेदवारी दर्ताको तयारी छ। उपनिर्वाचनअन्तर्गत मनोनयन दर्ताको अघिल्लो दिन नेपाली कांग्रेसको पार्टी कार्यालयमा बसेको सत्तागठबन्धन दल नेपाली कांग्रेस र एमालेको जिल्लास्तरीय बैठकमा कांग्रेसलाई समन्वय प्रमुखमा सघाउने र आफ्नो उम्मेद्वार नउठाउने विषयमा एमाले नेताहरु सहमत भएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)