यूईएफए नेसन्स लिग : इटालीलाई हराएर फ्रान्स शीर्षमा
ekantipur.com · Sun Nov 17 23:25:48 GMT 2024
काठमाडौँ — एडरिन रेबियटको दुई गोलमा फ्रान्सले यूईएफए नेसन्स लिगमा आइतबार इटालीलाई ३–१ ले हराएको छ । यो जितसँगै फ्रान्सले लिग–वानको ग्रुप–टु जितेको छ । इटाली एकै गोल अन्तरले मात्र पराजित रहेको भए समूह विजेता हुने थियो ।
सानसिरोमा भएको खेलमा मार्सेली मिडफिल्डर रेबियटले दोस्रो र ६५ औं मिनेटमा एक एक गोल गरे । सन् १९८३ यता घरेलु मैदानमा इटालीको यो सबैभन्दा ठूलो अन्तरको हार पनि हो । यसै समूहको अर्को खेलमा इजरायलले बेल्जियमलाई १–० ले स्तब्ध पार्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)