कोलकाताद्वारा मुम्बई ४ विकेटले पराजित, प्लेअफ दौड रोमाञ्चक
nepalviews.com · Thu May 21 00:11:20 GMT 2026
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बुधबार भएको खेलमा कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई ४ विकेटले पराजित गर्दै प्लेअफको सम्भावना जीवितै राखेको छ । यो जितसँगै १३ खेलबाट १३ अंक जोडेको कोलकाता अंक तालिकाको चौथो स्थानका लागि बलियो संघर्षमा देखिएको छ ।
मुम्बईले दिएको १४८ रनको सामान्य लक्ष्य कोलकाताले १८.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । कोलकाताको जितमा मनिष पाण्डे र रोभम्यान पावेलले उत्कृष्ट ब्याटिङ गरे । पाण्डेले ३३ बलमा ४५ रन र पावेलले ३० बलमा ४० रनको महत्वपूर्ण योगदान दिए । मुम्बईका बलर कोर्बिन बोशले घातक बलिङ गर्दै ३ विकेट लिए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)